२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिम स्टार उर्जा कम्पनीले आईपीओ निष्काशन गर्न पायो अनुमति

हिम स्टार उर्जा कम्पनीले आईपीओ निष्काशन गर्न पायो अनुमति

705
Shares

काठमाडौं – हिम स्टार उर्जा कम्पनी लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ ९ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो।

कम्पनीले जारी पुँजीको ३० प्रतिशत शेयर आईपीओको रुपमा निष्काशन गर्न लागेको हो। अब कम्पनीले ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले ओखलढुंगामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij