२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा उप्रेती नियुक्त

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा उप्रेती नियुक्त

1.5K
Shares

काठमाडौं – नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेती नियुक्त भएका छन् ।

आजको औपचारिक कार्यक्रममा उनले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । यस अघि

उप्रेतीको केन्द्रिय बैंकको विभिन्न विभागमा २७ वर्ष भन्दा बढी काम गरेको अनुभव रहेको छ  ।  उनी त्रिभुवन विश्वविद्यालयबाट एमबिए डिग्री होल्डर हुन् । हाल उप्रेती राष्ट्र बैंकको गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकका रुपमा आबद्ध छन् ।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij