काठमाडौं – आज शेयर बजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.९४ अंकले घटेर २,६६९.५१ को विन्दुमा कायम भएको छ । आज ९३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १५३ कम्पनीको शेयर मूल्य घटेको छ ।
सूचीकृत ३१६ कम्पनीको २ करोड २३ लाख कित्ता शेयर खरिद बिक्रि हुँदा १० अर्ब ६९ करोड माथिकोको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij