काठमाडौं – नेपाल धितोपत्र बोर्डले एकैसाथ ११ वटा धितोपत्र ब्रोकर कम्पनीलाई कारबाही गरेकाे छ । कम्पनीहरूले अर्धवार्षिक रूपमा बोर्डमा पेश गर्नुपर्ने कारोबार विवरण नबुझाएको कारण देखाउँदै सचेत गराएको हो ।
बोर्डका अनुसार, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७६ को दफा १८ को उपदफा १ को उल्लंघन गरेका कारण चेतावनी दिइएको हो। साथै, सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ (फ) बमोजिम पनि कारबाही गरिएको जनाएको छ।
सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन पालना नगर्ने कम्पनीहरूमध्ये ब्लुचिप सेक्युरिटिज, पोपर्टी विजार्ड, स्टक्स्कार्ट्स सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, रोडशो सेक्युरिटिज, सगरमाथा सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट, एलिट मर्चेन्ट क्यापिटल, रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल, र रिलायबल भेन्चर क्यापिटल रहेका छन्।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij