काठमाडौं – नेपाल धितोपत्र बोर्डले पिपुल्स पावर लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न जेठ २ गते स्वीकृती दिएको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको हो। यस अनुसार कम्पनीले १ बराबर ०.५० अनुपातमा ३१ करोड ६३ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij