काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ६०० रुपैयाँले बढको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आईबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मुल्य भने स्थिर छ ।चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij