२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचकमा लगातार गिरावट

नेप्से परिसूचकमा लगातार गिरावट

595
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । निरन्तर घटिरहेको नेप्से परिसूचक आज १३ दशमलव ९६ अङ्कले घटेर दुई हजार ६२० दशमलव २७ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १५ कम्पनीको एक करोड ८४ लाख ९६ हजार १३८ कित्ता शेयर एक लाख १२ हजार ५७७ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ७३ करोड ६५ लाख ७० हजार ५०५ बराबरको कारोबार भएको हो ।

विकास बैंक समूह एक दशमलव १९ र अन्य समूह दुई दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ९८ प्रतिशतले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रु ५९ करोड ३२ लाख ९५ हजार आठ सय १६ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको १२ लाख ९४ हजार चार सय ७१ कित्ता खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij