काठमाडौं – मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड २४ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ५.४६ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले २ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
सञ्चालन आम्दानी ३७ करोड ६१ लाखबाट बढेर ४० करोड ९० लाख रुपैयाँ पुगेको छ । अन्य आम्दानी ८० लाख ५१ हजार रुपैयाँ रहेको छ । आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।
यता, वित्तीय खर्च ८५ लाख ७० हजारबाट बढेर ९८ लाख पुगेको छ । ७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अदर इक्विटी ८७ लाख ८४ हजार रुपैयाँले ऋणात्मक छ । इपीएस ४.२८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९८.७५ रुपैयाँ छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij