२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

970
Shares

काठमाडौं – भोलि सार्वजनिक बिदा हुने भएको छ । भोलि बैशाख २९ गते  गौतम बुद्धको जयन्ती तथा उभौली पर्वको अवसरमा सार्वजनिक बिदा हुने भएको हो । भोलि पूजा, आराधना एवं प्रवचन गरी मनाइने गरिन्छ । यसैबीच भोलि सरकारी कार्यालय, बीमा कम्पनी, बेंक तथा शेयर बजार पनि बन्द हुनेछ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ। गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij