काठमाडौं -नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ८३ लाख ५ हजार ६८१।३६ कित्ता बोनस शेयर सूचीकृत भएको छ।
नेपाल लाइफको ८२ लाख ७ हजार ९६६।५५ कित्ता र आत्मनिर्भर लघुवित्तको ९७ हजार ७१४।८१ कित्ता बोनस शेयर रहेको छ।
अघिल्लो वर्ष नेपाल लाइफले १० प्रतिशत र आत्मनिर्भर लघुवित्तले १४।२५ कित्ता बोनस शेयर वितरण गरेका थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij