२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

1.5K
Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ८६ हजार ४७४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्।

यसअघि शेयर खरिदका लागि ३५ दिनको समय दिएर बैंकका संस्थापक शेयरधनीहरुबाट निवेदन माग गरिएको थियो। तर, संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदनपछि अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिएको हो।

लगानीकर्ताले १५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालय दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij