काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १४ सय रुपैयाँले घटेको हो । यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ९० हजार ८ सय रुपैयाँ कायम भएको हो। विहिबार प्रतितोला छापावाल सुन १ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मुल्य भने ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी १ हजार ९६० रुपैयाँ कायम भएको छ। विहिबार चाँदी तोलाको १ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij