काठमाडौं – नेपाली बजारमा विहिबार सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सय रुपैयाँले बढेको हो । यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको हो। बुधबार प्रतितोला छापावाल सुन १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मुल्य भने १० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी १ हजार ९५५ रुपैयाँ कायम भएको छ। बुधबार पनि चाँदी तोलाको १ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij