काठमाडौँ- प्रहरीले रु ४० लाख ३२ हजार ५०० हुन्डीको रकमसहित दुई जनालाई गएराति पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउपर्नेमा भारत कोलकाता–६ डिनाथ रोड यादवपुर घर भई हाल काठमाडौँ महानगरपालिका–२३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त तथा रुपन्देही, देवदह नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका–१५ तिनथाना बस्ने ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
उनले भने, “गएराति विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको प्रहरीले कामपा–२४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलामा रितपूर्वक खानतलासी गर्दा हुन्डीको रकमसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।”
पक्राउ परेकाहरुलाई उक्त रकम र बरामद गरिएका सामानसहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij