२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

1.4K
Shares

काठमाडौं – बुधबार शेयर बजारमा भारी अंकले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२ दशलमव २५ अंकले बढेर २,६७३ को विन्दुमा कायम भएको छ ।आज ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूह पाँच दशमलव ४७ र जलविद्युत् समूह तीन दशमलव १३ प्रतिशतले बढेको छ । बैंकिङ दुई दशमलव ९७, विकास बैंक दुई दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव ५९, लगानी शून्य दशमलव ८१ र जीवन बिमा समूह दुई दशमलव ४४ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन एक दशमलव १८, लघुवित्त दुई दशमलव २४, म्युचुअल फण्ड शून्य दशमलव ५७, निर्जीवन बिमा दुई दशमलव ६७, व्यापार शून्य दशमलव ५३ र अन्य समूह दुई दशमलव ५३ प्रतिशतले बढेको छ ।

बुधबार २२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको मात्रै मूल्य घटेको छ । एक कम्पनिको शेयर मुल्य स्थिर रहेको छ ।
आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोको शेयर किनबेच भएको छ । आज यस कम्पनीको ५९ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij