काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज नेप्सेमा आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको बोनश शेयर सूचिकृत भएको हो ।
नेप्सेमा आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ दशलमव ५० प्रतिशत बोनश शेयर वापत ८ लाख ९७ हजार १३३ दशलमव ५२ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
त्यसैगरी नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको ८ प्रतिशत बोनश शेयर वापत २ लाख ८७ हजार ५५३ दशलमव ०८ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij