२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

680
Shares

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारछापावाल सुन प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार छापावाला सुन प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी आईतबार कायम मूल्यलाई नै आधार मानेर खरिदबिक्री हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij