गण्डकी पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा. अजय थापा नियुक्त भएका छन् ।
पोखरा विश्वविद्यालय ऐन २०५३ को दफा २६ को उपदफा २ बमोजिम उपकुलपतिको सिफारिसमा प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले चारवर्षे कार्यकालका लागि उनलाई रजिष्ट्रार पदमा नियुक्त गरेका हुन।
विश्वविद्यालय प्रशासन, शैक्षिक समन्वय र नीति निर्माणलगायतका क्षेत्रमा लामो अनुभव सँगालेका थापा यसअघि विश्वविद्यालयको स्कुल अफ सोसल साइन्सका डिन थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij