२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दलले केही गरेनन् भन्ने गलत भाष्य हो – मुख्यमन्त्री चेतनारायण आचार्य

दलले केही गरेनन् भन्ने गलत भाष्य हो – मुख्यमन्त्री चेतनारायण आचार्य

1.1K
Shares

पाल्पा- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीयता कार्यान्वयन भएपछि विकास निर्माणलाई तीव्रतादिइएको बताएका छन् । रामपुर सानाशहरी खानेपानीतथा सरसफाई उपभोक्ता संस्थाको आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शुक्रबार उट्घाटन गर्दै उनले २०७४ पछि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले विकास निर्माणलाई तीव्रतादिएको उल्लेख गरे ।

उनले भने, “उत्तर दक्षिण जोड्ने सडक कालीगण्डकी करिडोरले रामपुरको मात्र होइन सिङ्गो लुम्बिनी प्रदेशको भविष्य निर्माण गरेको छ ।” रामपुर अस्पताल, रामपुर कपुरकोट सडक, रामपुरफाँट सिँचाइ आयोजनाका कामलाई क्रमशः अघि बढाउने उनले बताए ।

फरक विचार र आस्था भएपनि विकासको निम्ति एउटै पार्टी बन्न उहाँले आग्रह गरे। दलले केही गरेनन् भन्नेलाई विगत र वर्तमानको विश्लेषण गर्नुपर्ने उहाँले बताउनुभयो । वर्तमान व्यवस्था र राजनैतिक दलले केही गरेन भन्ने भाष्यनिर्माण भइरहेको प्रतिलक्षित गर्दै उहाँले विगत र वर्तमान अवस्थाको विश्लेषण गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij