काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ कम्पनीकाे ४ लाख ६२ हजार ४७१.९३ कित्ता बोनस शेयर सुचिकृत भएको छ । । नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख ७९ हजार ३०३.९३ कित्ता शेयर र श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स लिमिटेडको १ लाख ८३ हजार १६८ कित्ता बोनस शेयर थपिएको हो।
यी दुवै कम्पनीले अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको छ। अघिल्लो आर्थिक वर्षमा मिथिला लघुवित्तले १४.२५ प्रतिशत र श्री इन्भेस्टमेन्टले १.८७ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।
अब आइतबारदेखि उक्त शेयर कारोबारमा आउनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij