काठमाडौं – नेपाल बजारमा शुक्रबार सुनचाँदीको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १ हजार रुपैयाँले घटेको हो। आज छापावाल सुन १ लाख ८९ हजार ६०० रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर २ हजार रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २ हजार १० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij