काठमाडौं – नेपाली बजारमा बैशाख १० गते, बुधबार सुनचाँदीको मूल्यमा भारि गिरावट भएको छ। मंगलबार हालसम्मकै ऐतिहासिक मूल्यमा कारोबार भएको सुन, यस दिन उच्च दरले घटेको छ। आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ७ हजार ५०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यस्तो सुन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलाको १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ५ रुपैयाँ घटेर तोलाको १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij