२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अस्थायी आवास निर्माण गर्न अनुदान वितरण

अस्थायी आवास निर्माण गर्न अनुदान वितरण

865
Shares

काभ्रेपलाञ्चोकऔ गत असोजको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट पीडित भएका जिल्लाका सर्वसाधारणलाई अस्थायी आवास निर्माण गर्न सरकाले १० स्थानीय तहमा अनुदान वितरण थालेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सरकारले दुई हजार ८९५ घरपरिवारलाई पहिलो किस्ताबापत रु २५ हजार प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

“माग भएअनुसार जिल्ला प्रशासन कार्यालयलाई रकम प्राप्त भएको र गत आइतबारदेखि प्रभावित परिवारलाई वितरण गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

प्राधिकरणले दोस्रो किस्ताबापत रु २५ हजार उपलब्ध हुने जनाएको छ । पहिलो चरणमा महाभारत गाउँपालिकामा १७, बेथानचोकमा २ सय ३९ र नमोबुद्ध नगरमा ८ सय २४ घर परिवारका लागि रकम माग गरिएको थियो ।

प्राधिकरणले निजी आवास पूर्णरुपमा क्षति भएको, आंशिक क्षति भएता पनि बसोबास गर्न योग्य नरहेका घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने निर्णयअनुसार चरणबद्ध रुपमा अनुदान रकम निकासा गरिएको जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij