काठमाडौं – सानिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा यसअवधिमा यसको खुद नाफा १४.८० प्रतिशतले बढेर १ अर्ब ६५ करोड २४ लाख ७६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ४३ करोड खुद नाफा कमाएको थियो । इम्पेयरमेन्ट चार्ज घट्दा यसको नाफा बढेको हो ।
गत वर्ष १ अर्ब ५९ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब ४० करोड रुपैयाँमा आएको छ । यता खुद ब्याज आम्दानी भने ६.५२ प्रतिशतले घटेर ४ अर्ब २८ करोड २८ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४ अर्ब ५८ करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।
त्यस्तै, सञ्चालन नाफा भने ९.१२ प्रतिशतले बढेर २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । चैत्र मसान्तसम्म चुक्ता पुँजी १३ अर्ब ५८ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ०६ पैसाले बढेर १६ रुपैयाँ ३३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ३२ पैसा छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij