२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे नाफा १८.४१ प्रतिशत बढ्याे

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे नाफा १८.४१ प्रतिशत बढ्याे

980
Shares

काठमाडौं – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षका चैत मसान्तसम्ममा बैंकले १ अर्ब ९३ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६३ करोड १० लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

खुद ब्याज आम्दानी बढेपनि बैंकको खुद नाफा भने सामान्य घटेको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा ०.१३ प्रतिशत घटेर ५१ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १०.७० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ८.०७ प्रतिशत घटेको छ। इम्पेरमेन्ट चार्ज बढेको कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १६०.०६ प्रतिशत बढेको छ। बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १०.५९ प्रतिशत रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४४ पैसा घटेर १४ रुपैयाँ ६ पैसामा झरेको छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २८.९३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ७८ पैसा रहेको छ।

४ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ३२ करोड ९७ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकले ६९ अर्ब ८ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij