काठमाडौं- नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ८.२१ प्रतिशतले बढेको हो । बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशतले घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँमा आएको छ । यद्दपि, इम्पेयरमेन्ट चार्जमा कमी ल्याएपछि खुद नाफामा सुधार देखिएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij