२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल एसबीआई बैंकको नाफा बढ्यो

नेपाल एसबीआई बैंकको नाफा बढ्यो

1.6K
Shares

काठमाडौं – नेपाल एसबीआई बैंकले १ अर्ब २० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ३.३६ प्रतिशत धेरै हो । गत वर्षको सोही अवधिमा यस बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको थियो ।

इम्पेयरमेन्ट चार्ट ८० करोडबाट घटेर ७२ करोड ५८ लाख कायम भएको छ । उक्त चार्ज घट्दा नाफामा सुधार देखिएको हो । यता, खुद ब्याज आम्दानी पनि ३ अर्ब ५७ करोडबाट घटेर ३ अर्ब ५३ करोडमा झरेको छ ।

१० अर्ब ८९ करोड ९१ लाख ५८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब ३७ लाख रुपैयाँ जम्मा छ । प्रतिसेयर आम्दानी १४.७२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १८३.०८ रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । उक्त रकमबाट कम्पनीले ११.१० प्रतिशत लाभांश दिन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij