२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकको खुद नाफा २८ करोड ५८ लाख

कुमारी बैंकको खुद नाफा २८ करोड ५८ लाख

1.5K
Shares

काठमाडौं – चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कुमारी बैंक लिमिटेडले चैत मसान्तसम्म २८ करोड ५८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। यो गत वर्षको यसैअवधिको भन्दा ७२.८५ प्रतिशतले कम हो । गत वर्ष बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको थियो । यसको इम्पेयरमेन्ट चार्ज ३ अर्ब ५४ करोडबाट बढेर ५ अर्ब १६ करोड पुगेको छ ।

यता, खुद ब्याज आम्दानी ६.२७ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त आम्दानी ८ अर्ब ४२ करोड थियो । इम्पेयरमेन्ट चार्ज बढ्दा र ब्याज आम्दानी घट्दा नाफामा दबाब परेको हो । चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको कुमारी बैंकको जगेडा कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ जम्मा रहेको छ ।

बैंकको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ । प्रतिसेयर आम्दानी १.४५ रुपैयाँ रहेको कुमारीको प्रतिसेयर नेटवर्थ १३४.४३ रुपैयाँ रहेको छ । यसको एनपीएल ४.९५ प्रतिशतबाट बढेर ६.९८ प्रतिशतमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij