२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इन्फोडेभलपर्स र वन पोइन्ट फाइनान्सियल सर्भिसेजबीच सम्झौता

इन्फोडेभलपर्स र वन पोइन्ट फाइनान्सियल सर्भिसेजबीच सम्झौता

1.2K
Shares

काठमाडौं –  इन्फोडेभलपर्स प्रालि र अत्याधुनिक एपीआई प्रविधिको नेतृत्व गर्ने वन पोइन्ट फाइनान्सियल सर्भिसेजबिच रणनीतिक साझेदारी सुरू भएको छ । सो सहकार्य अन्तर्गत, पुमोरी कोर बैंकिङ सिस्टम प्रयोग गर्ने बैंक तथा वित्तिय संस्थाहरूलाई एकिकृत, सुरक्षित र मापदण्ड अनुरूपको एपिआइ सेवा प्रदान गरिनेछ।

साझेदारी अनुसार हाल पुमोरीमा प्रयोग भइरहेका टिटुपी र पिडिएक्स प्रणालीलाई क्रमिक रूपमा एपीआई म्यानेजर सहितको उन्नत संस्करणले प्रतिस्थापन गरिनेछ ।
वन पोइन्टको एपीआई म्यानेजमेन्ट सिस्टम हाल नेपालका १६ वटा बढी वाणिज्य बैंक तथा ७ अन्तर्राष्ट्रिय बैंकहरूद्वारा डिजिटल भुक्तानी तथा सुरक्षित एपिआई एकीकरणका लागि प्रयोगमा ल्याइएको प्रणाली हो। यस साझेदारीपछि पुमोरी प्रयोगकर्ता बैंक तथा वित्तीय संस्थाहरूले पनि सोही उन्नत प्रविधिको प्रयोग गरी ई–बैंकिङ, मोबाइल बैंकिङ, तथा स्वचालित बैंकिङ सेवाहरू थप प्रभावकारी रूपमा विस्तार गर्न सक्नेछन् ।

यो सहकार्यले सेवा प्रवाहमा गति ल्याउने, सञ्चालन लागतमा कटौती गर्ने नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र बैंकहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ ।

इन्फोडेभलपर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रवीण सुवेदीले भने, ‘यो साझेदारीलाई हामी नेपाली बैंकिङ क्षेत्रको डिजिटल यात्रामा महत्वपूर्ण माइलस्टोनको रूपमा लिएको छौँ । यसले बैंक तथा वित्तीय संस्थाहरूलाई नवीनतम प्रविधिहरूसँग सहज, सुरक्षित र प्रभावकारी रूपमा जोड्न सहयोग गर्नेछ ।

वन पोइन्ट फाईनानसियल सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले भने, ‘हाम्रो एपिआइ प्रणालीले बैंकहरूलाई डेटा केन्द्रित निर्णय लिन र छरितो सेवा प्रदान गर्न सहयोग पुर्याउँनेछ । यो साझेदारीले उक्त प्रभावलाई थप विस्तार गर्नेछ ।’

कार्यक्रममा इन्फोडेभलपर्स प्रालिको तर्फबाट पुमोरी कोर बैंकिङ सिस्टमका बरिष्ठ म्यानेजर रबिन राणा, सुलोचना लक्ष्मी तुलाधर, म्यानेजर दिलीप दवाडी तथा वन पोइन्ट फाइनान्सियल सर्भिसेजका चिफ टेक्नोलोजी अफिसर बिक्रम दुवाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij