२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक सात अङ्कले बढ्यो, ७ अर्ब २६ करोडको कारोबार

नेप्से परिसूचक सात अङ्कले बढ्यो, ७ अर्ब २६ करोडको कारोबार

1.4K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.०१ अङ्कले बढेर २६९६ . २३ को विन्दुमा कायम भएको छ ।

आज ३२९ कम्पनीको १ करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता सेयर ६४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा  ७ अर्ब २६ करोड ५१ लाख २२ हजार दुई सय ४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

वित्त समूहको उपसूचक शून्य दशमलव ६७, होटल तथा पर्यटन समूह शून्य दशमलव १६, लगानी शून्य दशमलव ३५, उत्पादन तथा प्रशोधन शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव शून्य छ र अन्य समूहको उपसूचक एक दशमलव शून्य सात प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा बढी जलविद्युत् समूह एक दशमलव ६३ र विकास बैंक समूह एक दशमलव ११ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ३९, जीवन बिमा शून्य दशमलव शून्य पाँच, म्युचुअल फण्ड शून्य दशमलव ३६, निर्जीवन बिमा शून्य दशमलव ५५ र व्यापार समूह शून्य दशमलव ११ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र बलेफी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी छ दशमलव ८१ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको  ५९ करोड ४१ लाख ५३ हजार नौ सय ६० बराबरको १९ लाख ५० हजार आठ सय छ कित्ता सेयर किनबेच भएको छ ।

आज बजारमा १४७ कम्पनीको शेयर मूल्यबढेको छ भने ९७ वटाको घटेको छ। यो दिन २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij