काठमाडौं- ग्लोबल आईएमई लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनः हरि कृष्ण जोशी नियुक्त भएका छन् । कम्पनीको वैशाख २ गते बसेको संचालक समितिको बैठकले तनहुँका जोशीलाई आगामी ४ बर्षको अवधिको लागि दोस्रो कार्यकालको लागि सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार उनको नयाँ कार्यकाल वैशाख १५ गतेदेखि लागु हुने छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij