२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

खनिज सहकार्यका लागि यूक्रेन–अमेरिका बीच संवाद प्रारम्भ

खनिज सहकार्यका लागि यूक्रेन–अमेरिका बीच संवाद प्रारम्भ

735
Shares

यूक्रेनले अमेरिका समक्ष खनिज सम्बन्धी सम्भावित सम्झौताका लागि तयार पारिएका आफ्ना प्रस्तावहरू औपचारिक रूपमा प्रस्तुत गरेको छ। युक्रइन्फोर्म समाचार एजेन्सीका अनुसार, यो जानकारी यूक्रेनकाे पहिलो उपप्रधानमन्त्री तथा अर्थमन्त्री युलिया स्विरिडेन्कोले दिनुभएको हाे।

“हामीले किएभमा तयार गरेका सबै प्रस्तावहरू अमेरिकी पक्ष समक्ष स्पष्ट रूपमा राख्ने अवसर पाएका छौं,” स्विरिडेन्कोले बताउनुभयाे।

उहाँले केही कुरामा आपसी समझदारी भएको जानकारी दिँदै, आगामी दिनमा वाशिङ्टनसँगको संवाद निरन्तर चलिरहने विश्वास व्यक्त गर्नुभयो। । “यो अन्तिम चरण होइन, छलफल अझै अगाडि बढ्नेछ,”उहाँले बताउनुभयाे।

यसबाहेक, इंटरफ्याक्स-यूक्रेन समाचार एजेन्सीका अनुसार, गत साता यूक्रेनबाट एक प्राविधिक टोली अमेरिका गएको थियो। उक्त टोलीले सम्भावित खनिज सम्झौतासम्बन्धी विषयहरूमा अमेरिकी पक्षसँग विस्तृत रूपमा विचार-विमर्श गर्ने अवसर पाएको थियो, जसले दुवै देशबीचको सहकार्यलाई अझ मजबुत बनाउने आशा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij