२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

त्रिविको उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई

त्रिविको उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई

1.6K
Shares

काठमाडौँ- प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई काम गर्नेगरी जिम्मेवारी दिएका छन् ।

उपकुलपतिको पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार शिक्षाध्यक्ष केसीलाई उक्त जिम्मेवारी तोकिएको हो । केसीलाई अर्को व्‍यवस्था नहुन्जेलसम्मका लागि उपकुलपतिको जिम्‍मेवारी दिइएको हो ।

यसअघि प्रा.डा. केशरजङ्ग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि उक्त पद खाली थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij