२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

1.7K
Shares

काठमाडौं- कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले २ लाख १४ हजार १११ कित्ता संस्थापक शेयर सर्वसाधारणले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (शेयर रजिष्ट्रार) वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ।

बैंकले उक्त शेयर यसअघि नै संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिएर बिक्रीमा राखिसकिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij