२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर  बिक्रीमा

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर  बिक्रीमा

1.4K
Shares

काठमाडौं – महालक्ष्मी विकास बैंकको  संस्थापक शेयर  बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको १५ लाख १४ हजार २५ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको मतलब शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

इच्छुक लगानीकर्ताले सम्पूर्ण कित्ता खरिदका लागि बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो वैशाख १४ गतेसम्म तोकिएको छ।

तोकिएको मितिभित्र लगानीकर्ताले काठमाडौंको नारायणचौरस्थित मुक्तिनाथ क्यापिटलमा शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij