काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ५.५७ अंकले घटेको छ । बजार २,६७० विन्दुमा कायम भएको छ ।
यस दिन ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँबराबरको सेयर किनबेच भयो । एक करोड १३ लाख ८४ हजार कित्ता सेयर ४९ हजार ६३२ पटकमा खरिद–बिक्री भएको छ ।
११४ कम्पनीको सेयर मूल्य बढेको छ । १३१ कम्पनीको सेयर मूल्य घटेको छ । १ कम्पनीको सेयर मूल्य स्थीर रहेकाे छ । समूहगत उपसूचकतर्फ जलविद्युत् ०.०९, माइक्रो फाइनान्स ०.२३, म्युचअल फन्ड ०.१९ प्रतिशतले बढेका छन् । बाँकी समूह सूचक राताम्य देखिएको छ ।
आज सबैभन्दा धेरै राद्यी विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij