२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुलुकको शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब रुपैयाँ बचतमा

मुलुकको शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब रुपैयाँ बचतमा

660
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले फागुन महिनासम्मको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन मसान्तसम्म शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २९ करोड डलरले बचतमा रहेको छ । मुलुक बाहिरिने भन्दा भित्रिने रकम बढी हुनु नै शोधनान्तर बचत हो । यस अवधिमा चालु खाता पनि १ खर्ब ८० अर्ब ८ करोडले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६७ अर्ब ४५ करोडले बचतमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij