२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

देशका अधिकांश भागमा जलवाष्पयुक्त हावाको प्रभाव

देशका अधिकांश भागमा जलवाष्पयुक्त हावाको प्रभाव

575
Shares
jfo' k|b"if0f sf7df8f}F, ^ j}zfvM ljut s]xL lbgb]lv pkTosfdf k|b"if0f km}lnP;Fu} sf7df8f}F pkTosfdf Go"/f]8af6 a'waf/ b]lvPsf] jfo' k|b"if0f . tl:a/ M d]3gfy kxf8L÷/f;;

काठमाडौँ- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको बताएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने, उच्च पहाडी तथा हिमाली भागका केही स्थान र अन्य भेगका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि सामान्य बदली हुने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छभने उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij