काठमाडौँ । प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र उपभोक्ता वर्गलाई लक्षित गर्दै एसएमई एन्ड कन्ज्युमर बैंकिङ हब गण्डकीको औपचारिक सुरुवात गरेको छ। बैंकले आफ्नो गण्डकी प्रदेश कार्यालयमार्फत सञ्चालनमा ल्याएको यो केन्द्रले प्रदेशभित्रको आर्थिक गतिविधि प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छ।
यसले विशेष गरी लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा संचालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा प्रदान गर्नेछ। उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य लगायतका आवश्यकताहरूका लागि विविध ऋण योजना उपलब्ध हुनेछ।
उद्घाटन समारोह प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै उनले उक्त हबले लक्षित ग्राहक वर्गलाई अझ सशक्त, छरितो र प्रभावकारी सेवा प्रदान गर्ने उल्लेख गरे ।
एसएमई एन्ड कन्ज्युमर बैंकिङ हब मार्फत व्यवसायी तथा उपभोक्ता वर्गले निम्न सेवाहरू सजिलै प्राप्त गर्न सक्नेछन्:
-व्यवसाय तथा परियोजना ऋण
-उपभोक्ता ऋण
-वित्तीय परामर्श सेवा
-द्रुत तथा प्रभावकारी कागजी प्रक्रिया
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij