२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच सहकार्य

सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच सहकार्य

645
Shares

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज चाबहिल बीच आपसी सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । जस अनुसार यस सांग्रिला डेभलपमेन्ट बैंकले सेन्ट लरेन्स कलेजका विद्यार्थीलाई इन्टर्नसिप, स्थलगत अवलोकन भ्रमण लगायतमा प्राथमिकता दिने छ । यस्तै, यस सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गर्ने विभिन्न कार्यक्रममा सेन्ट लरेन्स कलेजका तर्फबाट सक्रिय सहभागिता रहने छ ।

कलेजले आयोजना गर्ने ‘जब फेयर’ लगायत कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकको सहभागिता रहनेछ । यो सहकार्य दुई वर्षसम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij