२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टाइम फर्मास्युटिकल्सले आइपीओ ल्याउने

टाइम फर्मास्युटिकल्सले आइपीओ ल्याउने

800
Shares

काठमाडौं – टाइम फर्मास्युटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउने तयारी गरेको छ। कम्पनीले विशेष साधारणसभामा बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने प्रस्ताव लैजान गरेको हो। कम्पनी सञ्चालक समितिले विशेष साधारणसभा आउँदो वैशाख ११ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा गैंडाकोट–१० भैसाखोरीस्थित कम्पनीको उद्योग परिसरमा मध्याह्न साढे १२ बजेबाट सुरु हुनेछ।

सोही सभाले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने र आइपीओ बिक्रीबाट प्राप्त रकम उपयोग गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। आइपीओ जारी गर्न आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले हालको जारी पुँजी ४२ करोड ९१ लाख ११ हजार ८०० रुपैयाँलाई वृद्धि गरी ४६ करोड कायम गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नेछ। जारी पुँजीमध्ये ७९.३५ प्रतिशत संस्थापक समूह र २०.६५ प्रतिशत सर्वसाधारण समूहलाई वितरण गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले सञ्चालक समितिमा १ जना महिलासहित संस्थापक समूहबाट ५ जना, सर्वसाधारण समूहबाट १ जना र स्वतन्त्र १ जना गरी ७ जनाको सञ्चालक समिति बनाउने र सोहीबमोजिम नियमावलीमा संशोधन गर्ने विशेष प्र्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij