२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका सिइओ सागर श्रेष्ठले लिए शपथ

राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका सिइओ सागर श्रेष्ठले लिए शपथ

1.2K
Shares

काठमाडौँ- राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसीएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनीयर सागर श्रेष्ठले शपथ ग्रहण लिएका छन् ।

आरपिजीसीएलको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सिईओमा नियुक्त हुनुभएका श्रेष्ठले आज ऊर्जा मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा शपथ ग्रहण लिएका हुन ।

उनलाई कम्पनीका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले शपथ ग्रहण गराए । यसअघि उनी ललितपुरस्थित जनकपुर इञ्जिनीयर कलेजको प्रिन्सिपल थिए । उनलाई चार वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो ।

आरपिजीसियलका नवनियुक्त सिईओ श्रेष्ठले मन्त्रालयले दिएको जिम्मेवारीलाई इमान्दारीतापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । कम्पनीलाई अगाडि बढाउन आफ्नो योग्यता र क्षमताको भरपुर प्रयोग गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij