२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा चार कम्पनीको बोनश शेयर सूचीकृत

नेप्सेमा चार कम्पनीको बोनश शेयर सूचीकृत

1.4K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ३.६५१६ प्रतिशत बोनश शेयर वापत १२ लाख ५२ हजार ८४४ दशलमव १७ कित्ता बोनश शेयर सूचिकृत भएको छ ।

चिलिमे हाइड्रोपावर कम्पनि लिमिटेडको १० प्रतिशत बोनश शेयर वापत ७९ लाख ८३ हजार ९९७.२० कित्ता शेयर सूचिकृत भएको हो । सुपर मादी हाइड्रोपावर लिमिटेडको ७ प्रतिशत बोनश वापत ३ लाख ५० हजार कित्ता शेयर सूचिकृत भएको हो भने कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको १० प्रतिशत बोनश शेयर वापत १ लाख २१ हजार ८६७ दशलमव ५० कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

नेप्सेमा यी चार कम्पनीको कुल ९७ लाख ८ हजार ७०८ दशलमव ८७ कित्ता बोनश शेयर सूचिकृत भएको हो । आज सूचीकृत भएको उक्त बोनश शेयर  बुधबारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij