काठमाडौं – मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.०५ अकंले घटेर २५८२.७३ बिन्दुमा कायम भएको छ। ३२५ कम्पनीको १ करोड ११ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सबै उपसूचकमा समेत पहिरो गएको छ । यसदिन विकास बैंक समूहको ३.२६ प्रतिशत, फाइनान्स समूहको ३.४१ प्रतिशत, हाइड्रोपावर समूहको ३.०४ प्रतिशत,बैंकिङ समूहको १.४० प्रतिशत, होटल तथा पर्यटन समूहको २.८२ प्रतिशतले घटेको छ ।
मंगलबार ४ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij