२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मातृभूमि लघुवित्तको साधारणसभा आह्वान

मातृभूमि लघुवित्तको साधारणसभा आह्वान

625
Shares

काठमाडौं- मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले बोलाएको छ । कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनिले छैठौं वार्षिक साधारणसभा वैशाख २ गते बुढानीलकण्ठस्थित होटल अमुप्रस्थ ब्याङ्क्वे एण्ड इभेन्ट्समा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

सभाले सर्वसाधारणमा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने र अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

यसका साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नुका साथै ४ जना संस्थापक र २ जना सर्वसाधारण शेयरधनीको निर्वाचन गर्नेछ।

सभा प्रयोजनार्थ कम्पनीले चैत २२ गते बुक क्लोज गर्ने भएको छ। यसको आधारमा चैत २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij