काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.५२ अकंले बढेर २६४५.२० बिन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको ९७ लाख ३९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।
पछिल्लो समय निरन्तर ओरालो लागेको फाइनान्स सेक्टर आज भने उच्च बढेको छ । आज मात्रै फाइनान्स समूहको ३.७५ प्रतिशतले शेयर मूल्य बढेको छ ।
साथै, बैंकिङ समूहको ०.९२ प्रतिशत, विकास बैंक समूहको ०.७८ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१६ प्रतिशत, हाइड्रोपावर समूहको १ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज २१० कम्पनीको मूल्य बढेको छ भने ३३ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij