काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ६०० सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको छापावाला सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको कारोबार आइतबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर कारोबार भएको छ । आज चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij