२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बारामा ११ हजार मेट्रिकटन तेलहन उत्पादन

बारामा ११ हजार मेट्रिकटन तेलहन उत्पादन

785
Shares
बारा  -यहाँका किसानले तेलहनखेती गरी ११ हजार दुई सय मेट्रिकटन तेल उत्पादन गरेका छन् । किसानले १० हजार हेक्टर क्षेत्रफलमा तेलहनखेती गरी प्रतिहेक्टर एक सय एक मेट्रिकटनका दरले तेलहन उत्पादन गरेका जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहले जानकारी दिए ।
केन्द्रका अर्थ विज्ञ गणेश महराले यहाँ किसानले पछिल्लो समय तेलहनखेती विस्तार गर्दै लगेकाले उत्पादन पनि बढिरहेको बताउनुभयो । उहाँका अनुसार गत वर्ष १० हजार दुई सय हेक्टर क्षेत्रफलमा खेत गरी प्रतिहेक्टर एक दशमलव एक मेट्रिकटनका दरले ११ हजार दुई सय २० मेट्रिकटन तेलहन उत्पादन भएको थियो ।
आर्थिक वर्ष २०७९र८० मा १० हजार तीन सय, आव २०८०र८१ मा १० हजार दुई सय र आव २०८१र८२ मा १० हजार हेक्टर क्षेत्रफलमा तेलहनखेती भएको प्रमुख साहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij