२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ओम मेगाश्री फर्मासुटिकल्सको आईपीओ बाँडफाँड मिति तय

ओम मेगाश्री फर्मासुटिकल्सको आईपीओ बाँडफाँड मिति तय

805
Shares

काठमाडौं – ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड मिति तय भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले चैत्र १२ गते मंगलबार शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

कम्पनीले फागुन २७ गतेदेखि आज चैत्र ३ गतेसम्म आम सर्वसाधारणलाई १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन गरेको हो । आईपीओमा १९ लाख ८५ हजार ६ सय ६३ जना आवेदकबाट २ करोड ३६ लाख ५९ हजार १ सय २० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएको भन्दा १६।०२ गुणा बढीको आवेदन परेको हो । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथा मार्फत बाँडफाँड हुने छ। जसमा १ लाख ४७ हजार ६ सय जनाले मात्र १० कित्ताको दरले शेयर पाउने छन् । बाँकि आवेदन हात खाली हुने छन् ।

कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफांड गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले माघ ३ गते कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो ।

यो ओम मेगाश्री औषधि उत्पादन गर्ने कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij