२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

1.7K
Shares
तनहुँ – भानु नगरपालिका कार्यालयले प्राविधिक शिक्षा पढ्न चाहने गरिब तथा जेहेन्दार विद्यार्थीलाई  छात्रवृत्ति प्रदान गरेको छ । हरेक वडाबाट दुई जनाका दरले २६ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो ।
हरेक विद्यार्थीलाई  एक लाख ५० हजारका दरले रु ३९ लाख रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए । उनले भने, “प्राविधिक जनशक्ति उत्पादनगरी यसै नगरपालिकामा प्राथमिकताका साथ उहाँहरुलाई रोजगारी दिने योजना बनाइएको छ ।”
यसैबीच, स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ (कक्षा १–८) तयार गरेर नगरपालिका क्षेत्रका सबै विद्यालयमा निःशुल्क वितरण गरिएको छ । यस्तो पाठ्यपुस्तक निर्माण गर्नेमा भानु नगरपालिका गण्डकी प्रदेशमा पहिलो पालिका हो ।
सरकारले बालविकास केन्द्रदेखि कक्षा ५ सम्मका लागि प्रतिदिन प्रतिव्यक्ति रु १५ का दरले दिवाखाजाका लागि अनुदान दिँदै आएकामा भानु नगरपालिकाले रु पाँच थप गरी प्रतिविद्यार्थी रु २० पुर्‍याई कक्षा ६ सम्म विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij